www.tandavnews.com
Fact ~ In search of truth

फोहरमैलाको बैज्ञानिक र दिगो व्यवस्थापन विषयक अन्तरक्रिया

पोखरा
ताण्डव न्यूज ।

फोहरमैलाको बैज्ञानिक र दिगो व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा बिहीबार पोखरामा अन्तरक्रिया गरिएको छ ।

ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा महानगरमा जथाभावी फालिने प्लाष्टिकजन्य फोहोरहरुले सहरलाइ कुरुप बनाएको सन्दर्भलाई अन्तरक्रियाबाट व्यवस्थापनको उपाय खोजिएको थियो । उक्त अवसरमा ग्रिन रोड वेस्ट म्यानेजमेन्टका सञ्चालक विमल बसेल, इन्जिनियर विमल बास्तोला र कम्पनी ई. राजीव सुवेदीले फोहरलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रस्तुति राखेका थिए ।

Batas

प्लाष्टिक जन्य सामाग्रीहरुबाट सडक पिच गर्नेदेखि, सवारीका लागि इन्धन, छाडा चौपाया र सडकका खाल्डाखुल्डी व्यवस्थापन लगायत विभिन्न योजनाहरु उनीहरुले प्रस्तुत गरे । ग्रिन रोड वेस्ट म्यानेजमेन्टले पोखरा १४ अनुपम मार्गमा प्लाष्टिककै प्रयोगबाट सडक पिच गरेको थियो ।

प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रस्तुत योजनाको प्रशंसा गरे । विकासका कार्यले गति लिन सुरु भएको उल्लेख गर्दै उनले प्लाष्टिक लगायत अन्य फोहरलाई कसरी उर्जामा परिणत गर्ने ? भन्ने विषयमा युवाहरुले चासो व्यक्त गरेकोमा धन्यवाद दिए ।

प्रदेश सरकारले प्रस्तुत कार्ययोजनाबारे छिट्टै छलफल गर्ने जनाउँदै मन्त्री बस्नेतले आगामी विकासका कार्यहरुमा प्रस्तुत योजनाहरुलाई स्थान दिने आश्वासन बाँडे ।

पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको वातावरणलाई स्वच्छ हराभरा राख्न योजनाले महत्वपुर्ण भुमिका खेल्ने बताए । सहरलाई कुरुप बनाउने फोहरमैलालाई दिगो व्यवस्थापन गर्ने प्रस्तुत उपायलाई सरकारले अवलम्बन गर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापा, विन्दुकुमार थापा,राजीव पहारी, ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिका सञ्चालक सञ्जिव बास्तोला र सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

मन क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.