www.tandavnews.com
Fact ~ In search of truth

कास्की काँग्रेसले सरकारको अधिनायकवाद विरुद्व प्रदर्शन गर्ने

पोखरा ।

कास्की काँग्रेसले साउन १५ मा पोखरामा गर्न लागेको सरकारको अधिनायकवाद विरुद्वको प्रदर्शनलाई लक्षित गरी पोखरा – १० मा भेला, छलफल र बैठक भएको छ ।

पोखरा महानगरपालिका भित्रका सवै वडामा आन्दोलन तयारी स्वरुप भेला, छलफल र बैठक गर्ने कास्की काँग्रेसको निर्णय अनुसार पोखरा – १० मा पनि भएको हो ।

Batas

कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलको विशेष उपस्थितिमा ती कार्यक्रम भएका हुन् । सो वडामा कास्की काँग्रेसले सिग्देललाई आन्दोलन तयारीका लागि प्रतिनिधि खटाएको थियो ।

वडा इकाइ समिति सहित भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी भेलाले वडाबाट प्रदर्शनमा उल्लेख्य सहभागिता जनाउने निर्णय गरेको छ ।

भेलामा जिल्ला सदस्य नवीन सिग्देलले साउन १५ को प्रदर्शनका लागि व्यापक तयारीमा जुट्न आग्रह गरे ।

सरकारले जनताका लागि नभई आफ्ना लागि मात्रै सोच्दा जनता निराश छन् उनले भने – ‘सरकारका कारण जनताको दैनिकी अस्तव्यस्त बनिरहदाँ हामी चुप रहन सक्दैनौं।’

नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार, पार्टीले साउन १५ मा ७७ जिल्ला कै सदरमुकाममा प्रदर्शन गर्दैछ ।

नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा – १० का सभापति राजेश गुरुङको अध्यक्षतामा भएको भेलामा जिल्ला सदस्य अनिता तिमिल्सिना, सचिवद्वय सम्मरबहादुर श्रेष्ठ, निर्मला कार्की भण्डारी र सहसचिव नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.