www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरि बेस क्याम्प पुग्ने पदमार्ग निर्माण

म्याग्दी (रासस)

संसारको साताँै अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ ।

पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् ।

Batas

विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य धु्रवकुमार पाइजाले जानकारी दिए । चिमखोलाका ४८ मजदूरले २७ दिनसम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् ।

थप ५० मिटर पहाड काट्ने र दुई किलोमिटर भिरमा पदमार्ग बनाएपछि धौलागिरि पहिलो हिमालको आधार शिविरमा सहजै पुग्न सकिने पाइजाले बताए । यसअघि सोसलधाराको कोशेभिरदेखि कालीबराहको दोभान र सोसलधारादेखि कोशेभिरसम्म दुई चरणमा पदमार्ग निर्माण गरिएको थियो ।

विभागले धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि पछिल्लो तीन वर्षयता रु दश÷दश लाख बजेट उपलब्ध गराएको छ । सडकका कारण विस्थापित भएको बेनी–जोमसोम पदमार्गको विकल्पमा टे«किङ व्यवसायी एशोसिएशन अफ नेपाल (टान)को पहलमा सात वर्षअघि पदमार्ग पहिचान भएको थियो ।

ढुंगाको सिँढी चिरेर बनाइएको दुई मिटर फराकिलो पदमार्गमा खच्चरसमेत आवतजावत गर्न सक्छन् । भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको निर्माण भइसकेको छ ।

त्यस्तै कालीबराहको दोभानबाट कालीबराह ताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटो बाटोलाई स्तरोन्नति गरे पछि क्याम्पिङ गर्ने पर्यटक भ्रमणमा जान सक्ने छन् । पदमार्ग, आवासका लागि पूर्वाधार, नक्सांकन र प्रचारप्रसार गरी सञ्चालनमा ल्याउन पहल गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए ।

सात दिनमा यात्रा गर्न सकिने पदमार्गमा रहेका अग्ला पहाडबाट हिमशृंखला धौलागिरि हिमाल निरन्तर खसिरहने हिमपहिरो, झरना, काली बराहताल, लालीगुराँसको जंगल, यार्सागुम्बालगायतका जडीबुटी, जंगली जनावर, चराचुरुङ्गीको विशेष आकर्षण रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.