www.tandavnews.com
Fact ~ In search of truth

सांग्रिला बैंकको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ

पोखरा ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भाद्र ८ गते शुक्रवार बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो ।

संखुुवासभा जिल्लाको चैनपुुरमा आज भन्दा ४६ बर्ष अघि जन्मिएका श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।

Batas

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् ।

सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ्ग करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेड सम्मको जिम्मेवारी सम्हालेका थिए भने सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरि सकेका छन् ।

त्यस पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा समेत कार्य गरेका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका छन् ।

यसरी विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूर्ण पदमा रही लामो बैंकिङ्ग अनुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिले विश्वास लिईएको छ ।-एजेन्सी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.