www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा माइक्रोबस र ट्रक ठोक्कियाे, १९ वर्षीया सविनाकाे मृत्यू

तनहुँ ।

माइक्रोेबस र ट्रक एक आपसमा ठोक्किदाँ सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Batas

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोकिदाँ सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । – रासस

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.