www.tandavnews.com
Fact ~ In search of truth

सरकारको सर्वसत्तावाद विरुद्ध कास्की कांग्रेसको प्रर्दशन

पोखरा
ताण्डव न्यूज ।

केपी ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा हिँडेको भन्दै कांग्रेसले आज नेपालभर विरोध प्रदर्शन गर्दै छ ।

लोकतान्त्रिक पक्षको रक्षा, प्रधानमन्त्री केपी शर्मा वलीको अधिनायकवाद शैलीको विरोध र महंगी नियन्त्रणका एजेण्डा सहित कांग्रेस आज सडकमा उत्रने भएको हो ।

Batas

कास्की कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले पोखरामा नाराजुलुसहित प्रदर्शनको कार्यक्रम रहेको बताए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार ११ बजे पृथ्वीचोकमा नेता तथा कार्यकर्ता भेला भई सभागृह चोक देखि न्यूरोड हुँदै विपिचोकमा गई कोण सभामा परिणत हुने छ ।

कार्यक्रमलाई सफल बनाउन गाउँगाउँबाट कार्यकर्ता पोखरा उत्रान सबै तहका संघ परिचालन गरिएको केसीले जनाए ।

विरोध प्रदर्शन कार्यक्रममा तरुण दल, नेविसंघ लगायत सम्बद्ध भातृ संघहरुको उपस्थिती रहने जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.