पोखरा
ताण्डव न्यूज ।
केपी ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा हिँडेको भन्दै कांग्रेसले आज नेपालभर विरोध प्रदर्शन गरेको छ ।
लोकतान्त्रिक पक्षको रक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवाद शैलीको विरोध र महंगी नियन्त्रणका एजेण्डा सहित कांग्रेस आज सडकमा उत्रीएको हो ।

कास्की कांग्रेसले पनि आज पोखरामा नाराजुलुसहित प्रदर्शन गरेको छ ।
११ बजे पृथ्वीचोकमा नेता तथा कार्यकर्ता भेला भई सभागृह चोक देखि न्यूरोड हुँदै विपिचोकमा गई र्याली कोण सभामा परिणत भएको थियो ।
विरोध प्रदर्शन कार्यक्रममा तरुण दल, नेविसंघ लगायत सम्बद्ध भातृ संघहरुको उपस्थिती रहेको थियो ।
तस्विर : माधब भुसाल
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.