www.tandavnews.com
Fact ~ In search of truth

दश वर्षीया बालिका करणी गर्ने घिमिरे साइला पक्राउ

तेह्रथुम ।

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् ।

Lama collectio News Middle

उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताए। -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery