कविता
आमासङ्गै एका बिहानै
ढुङ्गा छेउ उभिएर
माग्नु थियो जिन्दगी ।।
श्रीमती सङ्गै
गर्नु थियो डिनर पाच तारेमा
जिवनको आधा
पेश्की लिएर आइसकेको थिए
सम्झनुस तयारी पूरा भैसकेको छ ।।

आजकै दिन छोरालाई
बेबि सप पुर्याउनु पर्ने थियो
ताकी उसले कयौ डमिहरुलाई
बलात्कार गर्ने सपना सजाएको थियो
बर्षौदेखि
र
मेरा मित्रहरुको म सङ्गै
चियर्स लगाउने बासी सपना थियो ।।
अचानक आवाज सुनियो, टिङ टिङ
मालिक बन्यो टेबुलको टोक्रो
भन्यो अफिस आउदैनस,
म नबोल्दै, नेटवर्क हिडिदियो ।।
मलाई हतार हतार पुग्नु थियो
र भन्नू थियो
मालिक सेवारो ।।
मलाई घिसार्दा घिसार्दै थाकेर
आराम गरेको स्कुटरलाई
लात्ती हानेर पुग्नुछ कार्यालय ।
आखिर जिन्दगी अरुकै
लागि त रहेछ
जसरी स्कुटर मेरा लागि
घाम पानी नभनी दगुर्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.