पोखरा
ताण्डव न्यूज ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत कर्मचारीहरुको छाता संगठन अस्पताल बिकास समिति कर्मचारी युनियनले प्रशासन लाई ४ बुदें ध्यानकर्षण पत्र बुझाएका छन् ।

यूनियनले पदपुर्ति समिति अबिलम्ब गठन हुनुपर्ने , १.१ को अनुपातमा प्रतिष्ठान र सरकारी कर्मचारीहरुको संरचना बनाईनु पर्ने ,कार्यरत स्थायी कर्मचारीको स्तरवृद्धि तथा अस्थायी कर्मचारीलाई स्थायी गरिनु पर्ने ,क्षेत्रीय अस्पतालको आम्दानी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा खर्च गर्ने नपाइने जस्ता माग राख्दै प्रतिष्ठानका निर्देशकको ध्यानाकर्षण गराएका हुन् ।
युनियनले विगतका मागहरु प्रति गम्भीर बन्न समेत प्रतिष्ठानलाई सचेत गराएको छ ।
यस्ता छन् मागहरु :
१. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको पदपुर्ति समिति अबिलम्ब गठन हुनुपर्ने ।
२. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको गत बर्षको सिनेटवाट प्रतिष्ठानको ओ एण्ड एम को लागि सहमति लिर्ईएकोमा हाल सम्म कुनै पनि प्रकृया अगाडि नवढाई हाल ५०० वेडको लागि २०६७ सालमै भएको ओ एण्ड एम ३०८ वेड संचालन हुदाका बख सरकारी कर्मचारीको मात्र ओ एण्ड एम थप ओ एण्ड एम गर्न लागिएको उक्त कार्य तत्काल रोकी १.१ को अनुपातमा प्रतिष्ठान र सरकारी कर्मचारिको संरचना बनाई अगाडि बढाउनु पर्ने ।
३. प्रतिष्ठानको स्थायी कर्मचारी स्थरवृद्धि तथा अस्थायी कर्मचारी स्थायी गरिनु पर्ने । ऐन तथा नियमवाली विपरित दिइएको प्राध्यापक तथा अन्य नियुक्ति तत्काल खारेज गर्नु पर्ने ।
४. अस्पतालको आम्दानी प्रतिष्ठानको लागि खर्च गर्न नपाइने ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.