www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सरकारको अनुरोध, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हामीलाई ल्याउ’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश कै ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेश सरकार मातहत संचालन गर्न मुख्य मन्त्री तथा मन्त्री परिषद्को बैठकले केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मुख्य मन्त्री तथा मन्त्री परिषद्को १७ औं बैठकले अस्पतालको मातृ संस्था पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकार मातहत नियमन गर्ने गरी व्यवस्था मिलाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

Batas

‘उपकरण काम नलाग्ने छन्, सामान्य उपकरण खरिद गर्न पनि केन्द्र सरकारकै मुख ताक्नु पर्ने अवस्था छ,’ भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘हाल अस्पतालमा अत्यावश्यक उपकरण नहुँदा बिरामीलाई रिफर गरी नीजि अस्पतालमा पठाउनु पर्ने बाध्यता छ ।’

महँगो स्वास्थ्य उपचार गराउन सर्वसाधारण जनता बाध्य भएको बताउँदै मन्त्री बस्नेतले प्रदेश सरकारले नियमन गर्ने अधिकार भएमा अस्पताललाई व्यवस्थित गराई जनतालाई सर्वसुलभ स्वास्थ्योपचार उपलब्ध गराइने बताए ।

अस्पतालमा चाहिने उपकरण एवं साधन खरिद गरी अन्य थप व्यवस्थापन तयार नभईन्जेलसम्म केन्द्र सरकारबाट बजेट माग गरी प्रदेश सरकार मातहत ल्याउन सिफारिस गरिने जनाइएको छ ।

अस्पतालमा अत्यावश्कीय उपकरण (सीटीस्क्यान, एमआरआई) नहुँदा बिरामी अन्यत्र नीजि अस्पतालमा जान बाध्य छन् ।

उक्त उपकरणहरु चेकजाँच पछि मर्मत सम्भव नभएको स्वास्थ्य विभागका प्राविधिक टोलिले यसअघि नै जानकारी दिएको छ ।

नयाँ खरिदका लागि प्रदेश सरकारले केन्द्र सरकार समक्ष अनुरोध सिफारिस गरेको सामाजिक विकास मन्त्री नरदेवी पुनले गएको २० गते प्रदेश सभामा जानकारी गराएकी थिइन ।

यो पनि पढ्नुहोस्

प्रदेशकै ठूलो सरकारी अस्पतालमा छैनन् अत्यावश्यक स्वास्थ्य जाँच उपकरण

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.