पोखरा ।
लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले शनिबार वृक्षरोपण कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को शान्ति मैदानदेखि ठूलाकोटसम्म निर्माण गरिएको फुटट्र्याकको दायाँबायाँ वृक्षरोपरण गरिएको हो ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बीवानका सिनियर एओजी सुचित्रा थापाले बिरुवा रोपेर सुरु गरेको कार्यक्रममा जोन चियर पर्सन डोलबहादुर थापा, पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनार, क्लबका पदाधिकारी, सदस्यले बिरुवा रोपेको पब्लिक रिलेसन अफिसर दिनेशबाबु खड्काले जानकारी दिए ।
कार्यक्रममा धुपी, तेजपत्ता, कपुर, चाँप र विभिन्न फूलका बिरुवा गरी १ सय ५० वटा रोपिएको कार्यक्रम संयोजक खगेन्द्र भण्डारीले जानकरी दिए । बिरुवा जिल्ला वन कार्यालय कास्कीले उपलब्ध गराएको थियो ।
लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर एओजी सुचित्रा थापा, जोन चियर पर्सन डोलबहादुर थापाले एतिहासिक ठूलाकोटलाई पर्यटकीय गन्तव्य बनाउन लायन्सले सहयोग गर्ने बताएका थिए ।
वडाध्यक्ष निर्मलदियाली सुनारले कालिकालाई पर्यटकीय गन्तव्य बनाउन वडा लागि परेको बताए । क्लबले प्रत्येक महिना एउटा सामाजिक कार्य गर्ने तालिका बनाएको छ । वृक्षरोपण कार्यक्रमको सञ्चालन क्लबका सचिव शुक्रराज अधिकारीले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।