www.tandavnews.com
Fact ~ In search of truth

सरकारको तलब विद्यार्थी पोशाकमा खर्चिने भए नगरप्रमुख जोशीले

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले विद्यार्थीहरुलाई पोशाक सहयोग गर्ने भएका छन् । सरकारी सुबिधाको रकमले जोशीले कुश्मा नगरपालिका वडा नं. २ खुरकोटमा रहेको जगदम्बा प्राथमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई एक/एक सेट पोशाक सहयोग गर्ने भएका हुन् ।

नगर प्रमुखलाई राज्यबाट प्राप्त हुने रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका नगरप्रमुख जोशीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाईमा हौसला दिनको लागि आप्mनो खर्चबाट पोशाक बितरण गर्ने घोषणा गरेको बताए ।

Batas

स्थलगत अनुगमनका लागि विद्यालय पुगेका नगरप्रमुख जोशीले शिक्षक र विद्यार्थीसंग अन्तरक्रिया गरे । आर्थिक अवस्था निकै न्यून भएका बालबालिकाहरुले अध्ययन गरीरहेको थाहा पाएपछि सरकारी सुबिधाको रकमबाट सहयोग गर्ने उनको भनाई छ ।

जोशीले सदरमुकाम कुश्मामा रहेको व्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई पनि आप्mनो पारीश्रमीक वापत आउने रकमबाट ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.