www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बन्दको प्रभाव सामान्य

पोखरा । 

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ ।

लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्थाको पठनपाठन प्रभावित भयो ।

Batas

राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्नुपर्ने मागसहित नेकपाले नेपाल बन्द गरेको हो ।

कास्की प्रहरीका प्रवक्ता रवीन्द्र गुरुङले पोखरामा बन्दको प्रभाव सामान्य रहेको जानकारी दिँदै लेखनाथको तालचोकस्थित धर्मकाँटामा शङ्कास्पद वस्तु भेटिएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली पुगिसकेको बताए ।-रासस
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.