www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा संविधान दिवसको शुभकामना

ताण्डव
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा संविधान दिवसको असरमा प्रदेशबासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले सातांै संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उल्लेख गरे । उनले यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहीत भएको छ र जनता राज्यशक्तिको स्रोत भएको बताए ।

प्रमुख गुरुङले यतिबेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसाथ गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको छ भन्दै संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशिल भएको बताए ।

Batas

प्रदेश प्रमुख गुरुङले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको लडाइमा पूर्ण सफलता प्राप्त गर्न आजको दिनले प्रेरणा प्रदान गरोस भन्दै गुरुङले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न प्रदेशका सम्पूर्ण राजनीतिक दलहरु र दिदीबहिनी, दाजुभाईहरु सबैमा अपिल समेत गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.