www.tandavnews.com
Fact ~ In search of truth

विकृति विरुद्ध नारी जागरण अभियान

पोखरा
ताण्डव न्यूज ।

पोखरामा विकृति विसंगति विरुद्ध नारी जागरण अभियान चलाइने भएको छ । नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा विकृति र विसंगति मौलाउन नदिने भन्दै उनीहरुले जागरण अभियानको घोषणा गरेका हुन् ।

पोखरामा रहेका ५० वटा भन्दा बढी महिला सम्बद्ध सामाजिक संघ संस्थाका प्रतिनिधीहरुले आज पत्रकार भेटघाट मार्फत उक्त घोषणा गरेको हो । विकृति विसंगति रोक्न र तीजलाई भड्किलो हुन नदिन स्वतस्फुर्त रुपमा अभियान थालेको नारी जागरण अभियान पोखराका संयोजक अञ्जु केसीले बताइन् ।

Batas

अभियानका क्रममा संविधानले व्यवस्था गरेअनुसारका महिला हक अधिकारबारे प्रशिक्षण दिने, महिला सशक्तिकरणका कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम अभियानका क्रममा चलाइनेछ । महिलाको क्षमता अभिवृद्धी गर्नका लागि विकृति रोकेर अधिकारका पक्षमा बहस चलाउने समेत अभियानका संयोजक एवं पोखरा वडा नं. ५ का वडा सदस्य समेत रहेकी केसीको भनाई छ ।

अभियान स्वत स्फुर्त रुपमा कुनै आर्थिक सहयोग बिना नै संचालन गरिने जनाएको छ । अभियानमा सहयोग गर्न सबै पेशा व्यवसायका महिला पुरुष महानुभावलाई आग्रह गरिएको अभियानका अर्का अभियन्ता तथा वडा नं. ९ का महिला सदस्य राममाया मानन्धरले बताइन् ।

मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिँदै अभियानका संयोजक केसीले विकृति विसंगति र भड्किलो व्यवहार रोकेर आप्mनो हक अधिकार र सशक्तिकरणका पक्षमा लाग्न यो अभियानको उदेश्य रहेको बताइन् । उनले महिलाहरु सक्षम भएर आर्थिक सशक्तिकरणमा लाग्नुपर्नेमा भन्दै केसीले विकृतिमा भुल्न नहुने बताइन् ।

भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म ४ दिन मनाइने हरितालिका तीज भगवान शिवको आराधना र नाचगान गरेर मनाउने परम्परागत चलन छ । भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पनन्न नहोस् भनेर पार्वतीले व्रत बसेको दिनदेखि नै हरितालिका तीज मनाउन थालिएको पौराणीक मान्यता छ ।

सामाजिक मान्यता अनुसार महिलाहरु आफु जन्मेको घर, माता, पिता, भाइ बहिनी समाज सबै छाडेर पराई घरमा जिवन बिताउँदा भोग्नुपरेको दुख, कष्ट, अन्याय, अत्याचारलाई गीत मार्फत उजागर गर्ने परम्परा छ । विशेषगरी विवाहित महिलाहरु श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने, नाचगान र मनोरञ्जन लिने गर्छन् भने अविवाहित महिला सुयोग्य पतिको वरको आशा राखी ब्रत बस्ने गर्दछन् ।

हरितालिका तीजको धार्मिक र सामाजिक मान्यता विपरित पछिल्लो समय एक महिनाअघिदेखि दर खाने, होटल तथा रेष्टुरेण्टमा नाचगान, भोजभतेर लगाउने जस्ता गतिविधिले तीजको महत्व कम भएको नारी जागरण अभियानमा आवद्ध महिलाहरुको भनाई छ । तीजका राम्रा पक्षलाई उजागर गर्ने र भड्किलो तथा विकृत हुन नदिन आफुहरुको अभियानले सहयोग पुग्ने संयोजक केसीको विश्वास छ ।

तीजका राम्रा पक्षलाई कायमै राख्नुपर्छ, अभियानका अर्की अभियन्ता शशी तुलाचनले भनिन्, यसका साथ साथै अब हाम्रो हक अधिकारका विषयमा पनि जनचेतना जगाउनुपर्छ ।” पत्रकार भेटघाटमा फिस्टेल नर्सिङ क्याम्पसका प्रिन्सिपल जिता बराल, वडा नं. ५ का वडा सदस्य हरिमाया विक, कन्या क्याम्पसका इन्द्रकमल मानन्धर लगायतले बोलेका थिए ।

सो अवसरमा पोखरामा रहेका विभिन्न आमा समुह, महिला समुह लगायत संघ संस्थाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.