www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन विकासका लागि समिति

पोखरा,  (रासस)

ग्रामीण क्षेत्रको पर्यटकीय विकासका लागि पोखरामा पर्यटन प्रवद्र्धन एवं होमस्टे (घरबास) समिति गठन गरिएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटमा सो समिति गठन गरिएको हो ।

भीमप्रसाद पराजुलीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा चन्द्रकुमारी राना रहेका छन् । यस्तै विश्वराज पराजुलीको अध्यक्षतामा सात सदस्यीय चापाकोट देउराली होमस्टे समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा तारा अर्याल, सचिवमा नारायणी पराजुली तथा कोषध्यक्षमा लक्ष्मी पराजुली रहेका छन्।

गण्डकी प्रदेशका अधिकांश गाउँ घरबास पर्यटनका लागि उपयुक्त भएका कारण सम्भाव्य स्थानमा आवश्यक तालीमको व्यवस्था गरी स्थानीवासीलाई त्यसतर्फ अभिप्रेरित गर्न समिति गठन गरिएको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेल बताए । गण्डकी प्रदेशमा हाल १०० भन्दा बढी गाउँमा घरबास कार्यक्रम सञ्चालन भइसकेको छ ।

machhapuchre
madi

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.