www.tandavnews.com
Fact ~ In search of truth

हरिदेवीको तीज गीत संङग्रह ‘जन्मेको आँगनी’

पोखरा
ताण्डव न्यूज । 

बरिष्ठ लोक गायिका तथा साहित्यकार हरिदेवी कोइरालाको तीज गीत सङग्रह ‘जन्मेको आँगनी’ किताब साथै म्युजिक भिडियो लोकार्पण गरिएको छ ।

मंगलबार पोखरामा आयोजित एक कार्यक्रका बीच गायिका हरिदेवीकी आमा जगत कुमारी भट्टराई, गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, अली मिया लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले संङग्रहको लोकार्पण गरे ।

Batas

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले हरिदेवी कोइरालाले गाएका गीतहरुले संस्कृति झल्काएको हुन्छ भन्दै शुभकामना व्यक्त गरे । ‘हिजो आजका गीतहरु परिवारमा बसेर हेर्न गाह्रो हुन्छ, उनले भने ‘समाज परिवर्तनमा गीतहरुले पनि ठूलो भुमिका खेल्ने छ ।’

लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव सुरेन्द्र गुरुङले यसरी नै सधैभरि सांस्कृतिक झल्कने गीतहरु सुन्ने अपेक्षा राखेको भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार असफल गौतम, त्रिवेणी संगीतालयका निर्देशक नवराज बराल, अन्तराष्ट्रिय साहित्य समाज नेपालका अध्यक्ष दुर्गा बहादुर शाह लगायतले बोलेका थिए । १२८ पृष्ठ भएको उक्त गीत संङग्रहमा ९७ गीतहरु मध्ये ५१ गीतहरु रेकर्ड भइसकेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.