www.tandavnews.com
Fact ~ In search of truth

पोउवा चुनावकालागि ‘प्रजु प्यानल’का उम्मेदवार घोषणा

पोखरा,
ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघको लागि रविन्द्रबहादुर प्रजु (रविन्सन) को नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।

आगमी असोज ५ र ६ गते हुने संघको ३२ औं महाधिवेशनको लागि अध्यक्षको उम्मेद्वार प्रजुले बिहीबार (आज) पत्रकार सम्मेलन गरी चुनावको लागि आफ्नो समूह घोषण गरेका हुन् ।

Batas

‘आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रगति’ भन्ने नाराका साथ प्रजु प्यानलको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उपाध्यक्ष (उद्योग) विन्दु कोइराला सुवेदी, उपाध्यक्षमा (वाणिज्य) पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिचुक्छे र उपमहासचिवमा चिनुकुमारी गुरुङ रहेका छन् ।

सदस्यतर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.