www.tandavnews.com
Fact ~ In search of truth

‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ सम्पन्न

पोखरा ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी बुधबार ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको चिप्लेढुङगामा रहेको थर्ड आई एजुकेसनले आफ्नै सेमिनार हलमा उक्त कार्यक्रम सम्पन्न भएको प्रवन्ध निर्देशक प्रकाश गैरेले जानकारी दिए । फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रलियामा उच्च शिक्षाका लागी अध्ययन गर्न जाने विद्यार्थीहरुलाई काउसिलिङ गरेका हुन ।

Batas

machhapuchre
madi

‘एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिईएकोले फेयर उपलब्धीपूर्ण हुनेमा आशाबादी छौ,’ उनले भने।

अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा बुझ्नका लागी आज करिव ४ सय विद्यार्थीको सहभागिता भएको गैरेले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.