पोखरा
ताण्डव न्यूज ।
हरितालिका तीजको अवसरमा ‘लामाचौर तीज महोत्सव एवम् महिला भलिबल प्रतियोगिता–०७५’ आयोजनाको तयारी पूरा भएको छ ।
आउँदो भाद्र २३ गते देखि २७ गतेसम्म श्री इन्द्रराज्यलक्ष्मी मावि लामाचौरको प्राङगणमा हुने महोत्सव सम्पूर्ण तयारी पूरा भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजक संस्था नवआर्दश सामूदायिक विकास समाजका अध्यक्ष बम बहादुर गुरुङले विभिन्न खेलकुद, सांस्कृतिक महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउने उद्देश्यले हरेक बर्ष जस्तै
यस वर्ष पनि महोत्सवको आयोजना गरिएको जनाए । समाजको २२ औं वार्षिकोत्सव अवसरमा हुन लागेको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् ।
महोत्सवमा भाद्र २४ गते गण्डकी प्रदेशका सांसद विन्दुकमार थापा, भाद्र २६ गते गुरु यु.पण्डितानन्द, महोत्सवको अन्तिम दिन पर्यटन संस्कृतिक तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी उपस्थिती रहने जनाइएको छ ।
प्रतियोगिताको साथै राष्ट्रिय कलाकारहरु रामजी पौडेल, काजल गुरुङ, माया गुरुङ, प्रदिप त्रिपाठी, बसन्त थापा, शान्तिसिंह परियार, बबिता बानियाँ ‘जेरी’, शंकर क्षेत्री, दिपक खड्का, टिका तारणि मगर, प्रिती, आले, दिपक खड्का, मञ्जु पौडेल, सम्झना भण्डारी, खुमन अधिकारी, शंकर विरही गुरुङ आदिले सांस्कृतिक प्रस्तुति राख्ने छन् ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि नेपाल सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी, काठमाडौंको न्यू डायमाण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, पोखराबाट टप्स बोर्डिङ स्कुल र चितवनको चितवन टाइगर सहित ७ टिमले सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५ रुपैयाँ, द्वितीय पुरस्कार ६५ हजार ५ रुपैयाँ, तृतीय पुरस्कार २५ हजार ५ रुपैयाँ, चौथो पुरस्कार १५ हजार ५ रुपैयाँ प्रदान गरिने भएको छ । अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार १ सय ५ रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार १ सय ५ रुपैयाँ पुरस्कृत गरिने आयोजकले जनायो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.