पोखरा ।
इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टिमलाई मंगलबार एक भब्य समारोहका बिच सम्मान गरिने भएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले बताएकी छन् ।
एसियाली खेलमा २० वर्ष पछि नेपालका लागि रजत पदक तथा टिम गेममा नेपालका लागि पहिलो पदक जित्ने टोलीलाई गण्डकी प्रदेश मुख्य मन्त्रि पृथ्बी सुब्बा गुरुङले जिल्ला समन्वय समिती कास्कीको हलमा आयोजना गरिने एक समारोहका बिच सम्मान गर्ने कार्यक्रम तय भएको मन्त्रि पुनले बताएकी छन ।
गण्डकी प्रदेश सरकारको हालै सम्पन्न मन्त्रि परिषलदको बैठकले इतिहास रच्न सफल प्याराग्लाइडिङ टिमका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, सम्बन्धित खेल संघलाई सम्मान गर्ने निर्णय गरेको थियो । रजत पदक जित्ने सफल पाँच सदस्यिय टिमका सदस्यलाई सम्मानपत्र सहित जनही १–१ लाख प्रदान गरिने छ भने र प्रशिक्षक र व्यवस्थापकलाई २५–२५ हजार प्रदान गरिने छ ।
खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाले जनही एक–एक लाख प्राप्त गर्ने छन भने मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतले २५–२५ हजार नगद पाउनेछन ।
सोही समारोहमा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइङि संघलाई र एसियाली खेलमा सहभागिता जनाएर छौटौं हुन सफल महिला खेलाडीलाई पनि सम्मानपत्र द्वारा सम्मानित गरिनेछ ।
सम्मानित हुने महिला खेलाडीमा पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ रहेका छन ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।