पोखरा,
नेपाल क्युकोसिन बुदोकाई कराँते संघ बागमारा डोजो कास्कीको आयोजनामा भएको कास्की जिल्ला स्तरीय जुनियर फुलकन्ट्याक कराँते प्रतियोगिता २०७५ सम्पन्न भएको छ ।
पुरुष तर्फको खेलमा खुल्ला तौल समूहमा संगम गुरुङ पहिलो, सनम भुजेल दोस्रो, लोकेन्द्र बुढामगर र बिक्रम नोली तेस्रो भएका छन् । ५० केजी तौल समूह मुनीको खेलमा कपिल कूमाल पहिलो, हेमन्न विक दोस्रो, प्रज्वल राना र शिशिर बुढाथोकी तेस्रो भएका छन् । ४५ केजी मुनीको तौल समूहको खेलमा असिम गोर्खाली पहिलो र अमन पौडेल दोस्रो, कुशल छन्त्याल र सुदिप पौडेल तेस्रो भएका छन् ।

४० केजी तौल समूह मुनीको खेलामा करुण पौडेल पहिलो, मिराज परियार दोस्रो, युवराव गुरुङ र अविरल भूजेल तेस्रो भएका छन् । ३५ केजी तैल समूह मुनीको खेलमा रतन नेपाली पहिलो र शजेश गौतम दोस्रो राजन पोख्रेल र सबिन तामाङ तेस्रो भएका छन् । ३० केजी तौल समुह मुनिको खेलमा आयूस सुनार प्रथम, दिवस प्रजावती दोस्रो र शालिन भण्डारी तेस्रो भएका हुन ।
२५ केजी तौल समुह मुनीको खेलमा बिशेष बराम पहिलो, कौशल सुबेदी दोस्रो र नसिव थापामगर र दिपेन छन्त्याल तेस्रो भएका छन् । प्रतियोगितामा २० केजी तौल समूह मुनिको खेलमा सालीन केसी प्रथम भएका छन् । शुभम् पौडेल द्धितीय, सात्कार केसी तृतीय, सोहन मगर सान्त्वना भए ।
महिला तर्फको खेलामा खुल्ला तौल समुहमा प्रिजमा कूवैर प्रथम, धनकला राना दोस्रो, सर्वेदा पुन र ममता छन्त्याल तेस्रो भएका छन् । ४५ केजी मुनीको खेलाम यूनिका शेरचन प्रथम, सर्गम कूमाल दोस्रो, सर्वदा पौडेल र योजिना आले तेस्रो भएका छन् ।
३५ केजी मुनीको खेलमा सिमैन खत्री प्रथम, करुणा क्षेत्री दोस्रो रेविस्का श्रैष्ठ र यूइशा श्रेष्ठ तेस्रो भएका हुन । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेलाई मेडल प्रमाणपत्रले सम्मान गरिएको छ ।
नेपाल क्युकोसिन बुदोकाई कराँते संघ कास्की शाखाका अध्यक्ष इन्जिनियर धर्मराज कोइराला, नेपाल क्युकोसिन बुदोकाई कराँते संघ कास्की सल्लाहाकार नबराज गिरी, प्रतियोगिताको अर्थ संयोजक भोजराज प्रतेल लयातले खेलाडीलाई मेडल प्रमाणपत्र शिल्ड वितरण गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.