www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसीप : आज नेपाल Vs माल्दिभ्स

काठमाडौँ ।

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

Batas

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ ।

नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताए । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.