www.tandavnews.com
Fact ~ In search of truth

मानव तस्करी अभियोगमा हिम्मतवालीका हिरो सुदर्शन विरुद्ध रेड नोटिस

पोखरा,
ताण्डव न्यूज ।

चलचित्र हिम्मतवालीका हिरो सुदर्शन गौतमविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ ।

रेखा थापाले निर्माण गरेको चलचित्र हिम्मतवालीमा अभिनय गरेका गौतमलाई मानव तस्करीको अभियोग लागेपछि उनी विरुद्ध महानगरीय प्रहरी अपराध महाशाखाले रेड नोटिस जारी गरेको हो । क्यानेडियन गौतमले दुई वर्ष अघि तीन नेपाली युवतीलाई अमेरिका लैजाने भन्दै अवैधानिक तरिकाले पानी जहाजमा हाइटी पुर्याएका थिए । सोही क्रममा पानी जहाज बिग्रदा १८ दिन सम्म जहाज समुन्द्रमाथि नै तैरिएर रहेको थियो ।

Batas

१८ दिन सम्म खानेकुरा र पिउने पानी नहुँदा तीन मध्येका एक युवतीले पानी जहाजमै ज्यान गुमाएकी थिइन् । यति ठूलो दुर्घटना बाट बाँचेका दुई युवती अमेरिकी दूतावासको सहयोगमा नेपाल फर्केका थिए ।
उनीहरुले प्रहरीमा जाहेरी दिएपछि घटनाबारे खुलासा भएको हो । र गौतममाथि अनुसन्धान अघि बढेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.