www.tandavnews.com
Fact ~ In search of truth

पोखराका कार्कीले पाउने भए शौर्य पदक

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका–१० अमरसिंह चोकका प्रहरी साहायक निरिक्षक (असई) युवराज जंग कार्कीले शौर्य पदक पाउने भएका छन् ।
राष्ट्रपतिबाट बुधबार (आज) संविधान दिवसको दिन विभिन्न पदक घोषण भएको थियो ।

प्रहरी प्रधान कार्यालय अपराध शाखामा कार्यरत कार्कीले अपराध नियन्त्रण गर्ने सिलसिलामा विशेष बहादुरीका साथ साहसपूर्ण काम गरेको हुनले पदक पाउने भएका हुन् ।

Batas

कार्की अनुसन्धानको क्षेत्रमा पनि उत्तिकै अब्बल छन् । उनी विगत ७ बर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन् । अन्य पदक जस्तै ६ जनालाई शौर्य पदक दिने घोषण गरिएकोमा कार्की पनि परेका हुन् ।

यस्ता व्यक्तिले पाउछन शौर्य पदक

 

नेपालको रक्षाकालागि वा नेपालमा अमन चयन कामय राख्न ज्यान जोखिममा राखी अदम्य साहसका साथ कर्तव्य पालन गर्ने नेपाली सेनाका जवान वा अधिकृत र नेपालमा चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने सिलसिलामा विशेष बहादुरीका साथ साहसपूर्ण काम गर्ने प्रहरी जवान वा अधिकृतलाई यो पदक प्रदान गरिन्छ । यस पदकको आदर्श वाक्य ‘आत्मबलमा साहस’ हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.