www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सुबेदी सिआईबीको फन्दामा

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार गरको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले पोखरा–२४ का ४५ वर्षीय सालिक राम सुवेदीसहित २ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सिआइबीको टोलीले विहिबार कास्कीका सुवेदीसहित दुई जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले ताण्डव न्यूजसँग बताए ।

Batas

‘काठमाडौ–६ बौद्ध सिद्धार्थमार्गबाट उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘अवैध रुपमा संरक्षित वन्यजन्तुको छाला(आखेटोपहार) खरिद विक्री गर्न ल्याएको बेला पक्राउ गरिएको हो ।’

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला १ थान बरामद गरि आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाण्डाै पठाइएको छ ।

सुबेदीसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ का ५५ वर्षीय शेल बहादुर तामाङ, धादिङ बेनिघाट रोराङग–१ वस्ने ३४ वर्षीय बुद्धिमान तामाङ छन् ।

संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.