www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १९ : र्‍यापिड डायग्नोष्टिक टेस्टमा सबैकाे नतिजा नेगेटिभ

पोखरा ।

पोखरा महानगरपालिका–१९ मा शुक्रबार १८ जनाको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरिएकामा सबैको नतिजा नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा वडाले चैत महिनादेखि पोखरा आएकामध्ये तीन महिलासहित १८ जनाको आरडिटी परीक्षण गराएको वडाध्यक्ष शोभामोहन पौडेलले बताए ।

यसअघि पनि पोखरा–१९ ले केही व्यक्तिको आरडिटी परीक्षण गरेको जानकारी दिँदै उनले हालसम्म परीक्षण गरिएका ४१ मध्ये सबैको नतिजा नेगेटिभ आएको बताए । वडामा पहिलो चरणमा ८५७ लाई राहत वितरण गरिएको उल्लेख गर्दै अध्यक्ष पौडेलले दोस्रो चरणमा पुनः ५०० को हाराहारीमा राहत सामग्री वितरण गर्नुपर्ने देखिएको बताए ।

Batas

यसैबीच गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले ज्यालादारी मजदुर धेरै ठाउँमा समस्यामा परेको भन्दै उनीहरूको स्थानीय तहले राम्रो रेखदेख गर्नुपर्र्नेे बताए । पोखरा–१९ मा भइरहेको राहत वितरण तथा कोरोना भाइरससम्बन्धी रोकथामका लागि भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै उहाँले वडामा कुनै मजदुर खान नपाएर बस्नुपर्ने अवस्था नराख्न वडाध्यक्षलाई आग्रह गरे ।

मजदुलाई राहत पनि नदिने र आफ्नो गन्तव्य जानसमेत रोक्न नहुनेमा जोड दिँदै उनले सजगताका साथ उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.