www.tandavnews.com
Fact ~ In search of truth

कास्की हाँकेका ४ एसपी, डिआईजी पदको प्रतिस्पर्धामा

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज
जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा समाली सकेका चार जना एसपी हाल एसएसपी पदमा रहेका शैलेश थापा, बसन्तकुमार लामा हरिबहादुर पाल र धनश्याम अर्याल डिआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले तीन एआईजीको बढुवा तथा पदस्थापन गराएपछि २९ जना एसएसपी मध्ये ११ जना डिआईजी पदका लागि बढुवा तयारी थालेको छ ।

जसमा एसएसपी पाल, आर्याल, लामा र थापासहित पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय, शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की छन ।

Batas

त्यसैगरी ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा। देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.