www.tandavnews.com
Fact ~ In search of truth

सहकारी एकीकरण हुनुपर्छ : मन्त्री अर्याल

बागलुङ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिइन ।

सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ उनले भनिन, “अब एकीकरणतर्फ जानुपर्छ ।’ उनले सरकारले एकीकरण अभियान चलाएपनि अपेक्षित रुपमा सहकारी एकीकरण नभएको बताइन ।

सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले मन्त्री अर्याललाई सम्मानपत्र प्रदान गरेकी थिइन्।

मन्त्री अर्यालले सहकारीले यो वर्षदेखि दिन शुरु गरेको ज्येष्ठ शेयर सदस्य ‘पेन्सन’ कार्यक्रमसमेत शुभारम्भ गरेकी छन्। -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.