www.tandavnews.com
Fact ~ In search of truth

तीन दिन देखि लगाइएको ताला खुल्यो, स्ववियुद्वारा क्षमायाचना

पोखरा
ताण्डव न्यूज ।

विगत तीन दिन देखि जनप्रिय बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला विद्यार्थीहरुसँगको सहमति पश्चात्त आज (आईतबार) खुलाइएको छ ।

गएको १४ गते रोज फिल्म युनिटलाई प्रमोशनको लागि स्ववियूले निर्वाध क्याम्पस हाता भित्र प्रवेश गराई पठनपाठनमा बाधा पुर्याएको भन्दै नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा ताला लगाएका थिए ।

Batas

बैठकमा रोज फिल्म युनिटलाई प्रमोशन गर्न दिइएको सम्बन्धमा विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको असुविधा प्रति स्ववियूका सभापति आशिक गुरुङले क्षमायाचना गरेका छन् । साथै, आगामी दिनहरुमा कार्यक्रम गर्नुपूर्व निर्णय गराएर मात्र आयोजना गरिने स्ववियू सभापति गुरुङले प्रतिबद्धता जनाए ।

machhapuchre
madi

क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन, आन्दोलनरत नेकपा सम्बद्ध विद्यार्थी संगठन बीच आज बसेको बैठकले कुनै पनि विद्यार्थी संगठनले आयोजना गरिने कार्यक्रमको औचित्यता पुष्टि हुने गरी कार्यक्रम आयोजना गरिने निर्णय गरेको छ ।

क्याम्पसलाई मर्यादित बनाई गुणस्तरीय शिक्षण पद्दतीको विकास गर्न आफ्नो संगठन क्रियाशिल रहेको नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीका संगठन विभाग प्रमुख विनय पराजुली र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस कमिटीका अध्यक्ष विशाल तामाङले बताए ।

यो पनि पढ्नुहोस् ।

जनप्रिय क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दीः पढाई भाँडेर फिल्मको प्रचार गरेको विद्यार्थीको आरोप

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.