पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरापालिका–२१ मा रहेको दुहार कस्यार घाटमा ढुङ्गा, बालुवा निकासीमा टेण्डर बदर गराउन स्थानीयले माग राखेका छन् । वडा कार्यालय र स्थानीयलाई जानकारी नगराई एक्कासी घाट टेण्डरमा दिएपछि समाज सुधार आमा समूहले पत्रकार सम्मेलनको आयोजना गरी तुरुन्तै टेण्डर बदर गर्न आग्रह गरेका हुन् ।
यस अघि २०७१/७२ मा पनि घाट संचालन गर्दा जनताले ठूलो क्षती व्यहोर्नु परेको समाज सुधार आमा समूहकी अध्यक्ष रमादेवी आचार्यले बताइन् । ‘घाट रोकेपछि क्षती हुन छाडेको छ,’ उनले भने, ‘पैसा आउने नाममा महानगरपालिकाले जनतालाई असर गर्ने काम गर्न हुँदैन ।’
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
वातावरण मूल्याङकन राम्रोसँग नगरी स्थानीयलाई थाहै नहुने गरि घाट ठेक्कामा दिएको उनले सुनाईन् । ‘महागरपालिकाले हामीलाई मात्र होइन वडा कार्यालयमा समेत जानकारी नगराई साउन १५ गते कसैलाई थाहा नहुने गरि बोलपत्र खुलाई सिम्रन कन्ट्रक्सनलाई ३ करोड ७ लाखमा घाटको टेण्डर दिएको हो ।’
घाट खुलेकै कारण पहिलो गएर जोखिम बढेपछि विगतमा एक परिवार विस्तापित हुनु परेको उनले बताइन् । ‘जोखिम भएपछि सावित्री गिरीको परिवार विस्तापित भए, थ्रि ऐन्जल, आमा समूहको भवनको जग्गा लगायतका संघ संस्थाको जग्गा खोलामा खसेको छ ।’
टेण्डरको विषयमा आफूलाई पनि महानगरपालिकाले केही समन्वय नगरेको पोखरा–२१ का अडाध्यक्ष खगराज आचार्यले बताए । ‘मैले पटक–पटक चेक ड्याम बनाउ भनेको छु,’ उनले भने, ‘दोविल्ला र दुहारमा चेक ड्याम बनाउनु पर्छ ।’
जहाँसम्म दुहार कस्यार घाटको कुरा छ, महानगरपालिकाले मसँग कुनै कुरा नगरी दिएको हो । एक पटक वातावरण प्रभाव मुल्याङकन ल्याएको थियो तर मलाई चित्त बुझेन मैले हुँदैन भनेको थिए ।’ घाटको अवस्था र त्यो खो लाको असरबाट राम्रोसँग अध्यय गर्नु पर्ने अध्यक्ष आचार्यको भनाई छ ।
यस विषयमा स्थानीयको कुरा सम्बोधन गर्दै अघि बढ्ने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । ‘घाट संचालन गर्दा केही ठाँउमा पहिरोको अति जोखिम देखिएको छ,’ उनले भने, ‘त्यो समस्यालाई समाधान गर्दै स्थानीयसँग छलफल गरेर अघि बढ्छौं ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.