www.tandavnews.com
Fact ~ In search of truth

दृष्टि बिहिनलाई सेतो छडि

पाेखरा ।

लायन्स क्लब अफ पोखरा अन्जुलीको आयोजनामा स्व कमला देवी कार्की ( तुलसा) को १३ औं दिनको पुण्य तिथिमा दृष्टि बिहिनहरुका लागि सेतो छडि वितरण गरिएकाे छ।

कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक निवासी स्व.कार्कीको परिवारको सहयोगमा ३० वटा सेतो छडि बितरण गरिएको हो ।

Batas

स्व. कार्कीको सामाजिक भाव र दृष्टि बिहिन प्रतिको मायालाई आत्मसात् गर्दै क्यानडा निवासी बसन्त कार्कीले उक्त कार्यक्रम गर्न बिशेष पहल गरेको कार्यक्रम संयोजक अमृत शोभा खत्रीले बताइन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासघं कास्कीका उपाध्यक्ष बिमला भण्डारी , नेत्रहिन महासंघ कास्कीका सल्लाहकार श्री कान्त सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष सन्तवना पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन क्लबका सचिब दुर्गा गुरुङले गरेकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.