स्याङ्जा
ताण्डव न्यूज ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्याङ्गजा काँग्रेसको संगठन अन्य जिल्लाहरुकालागि उदाहरणीय भएको बताएका छन् । स्याङ्जामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले स्याङ्गजाको संगठन बलियो र उदाहरणीय रहेको बताएका हुन् ।
डा कोइरालाले पार्टीमा युवाहरुको आकर्षण बढाउनुपर्नेमा जोड दिए । ‘देशको विकास र सम्बृद्धी युवाको काँधमा छ । युवाहरुलाई पार्टीमा संगठित गराएर अब देश विकासकालागि सबै जुट्नुपर्छ ’ उनले भने साथै, काँग्रेसका सबै नेता तथा कार्यकर्ता विधि र पद्धतीमै चल्नेमा विश्वस्त रहन समेत उनले आग्रह गरे ।
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
कार्यक्रममा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुबेदी, नेता मुन्ना शेख लगायतले संगठनले सरकारले गरेको नियोजित काममा प्रश्न उठाउनु पर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा स्वागत काँग्रेसका जिल्ला सचिव बुद्धि बहादूर राना(कुमार)ले गरेका थिए भने प्रदेश सांसद भागवत प्रकाश मल्ल,चापाकोट नगर प्रमुख शिव कूमार गिरी,शिक्षक संघ केन्द्रिय उपाध्यक्ष भरत लम्साल लगायत नेपाल बिधार्थी संघ,तरुण दलका कार्यकर्ताको उपस्थिती थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.