www.tandavnews.com
Fact ~ In search of truth

बन्दिपुरमा पर्यटक आगमन बढ्दै

hima aus

दमौली,  (रासस) 

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पर्यटकीय आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दिपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

classic tech

बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार असोज दोस्रो हप्तादेखि पर्यटकीय चहलपहल बढेको हो । अहिले बन्दिपुरमा दैनिक २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । “दशैँ, तिहार नजिकिँदै छ, यो समयमा पर्यटकको भीड लाग्छ”, उनले भने, “बन्दीपुरका लागि पर्यटकीय मौसम अब शुरु भयो ।”

बन्दिपुरका ठूला होटल गाउँघर, वल्डइन, ग्रिनपार्क, फेवा, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेसलगायतमा बुकिङसमेत शुरु भइसकेको छ । अधिकांश पर्यटक बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दिपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् । “चाडपर्व शुरु भएसँगै वनभोजका लागि विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन्”, उनले भने ।

बन्दिपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ होटल तथा २२ होमस्टे सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दिपुरमा होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ ।

बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छें, धौलागिरिलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रबिन्दु हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...