www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा देखाइयो ‘आइसीसी वल्र्डकप ट्रफि’

पोखरा
ताण्डव न्यूज ।

पोखरामा आइसीसी विश्वकप क्रिकेटको ट्रफि देखाइएको छ । एकसयौँ दिनको विश्व भ्रमणमा लिएर हिँडिएकोे ट्रफि शनिबार पोखरा ल्याइपु¥याइएको हो ।

शुक्रबार काठमाडौँ ल्याइपु¥याइएको विश्वकप क्रिकेटकको ट्रफि शनिबार पोखरा ल्याइएको हो । इङ्गल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकपको ट्रफि पोखरा ल्याइएको हो । शुक्रबार ट्रफिलाई लिएर स्वयम्भू पुगेका आइसीसीका प्रतिनिधीहरु शनिबार भने ट्रफि बोकेर पोखरा आइपुगेका हुन् ।

Batas

विहान आठ बजे ल्याइपु¥याइएको ट्रफि मध्यान्ह १२ बजे सम्म पोखरा रंगशालामा अहिले भइरहेको पिपिएल क्रिकेट मैदानमा देखाइनेछ । सोमबारसम्म नेपालमै राखिने ट्रफिलाई शनिबार नै काठमाडौँ फर्काएर चन्द्रागिरी हुँदै बसन्तपुर पु¥याइने बताइएको छ ।

पिपिएलका आयोजक तथा राष्ट्रिय टिमका क्याप्टेन पारस खड्काको पहलमा ट्रफि पोखरा ल्याइएको हो । ‘ट्रफि पोखरा ल्याउने नल्याउने विषयमा ठुलै बहस भएको थियो,’ खड्काले भने ‘क्रिकेटका राष्ट्रिय खेलाडी प्राय सबै पोखरामै हुनुहुन्छ । क्रिकेटका अन्य नेतृत्वकर्ताहरु पनि पोखरामै हुनुहुन्छ । पोखराले नै अहिले आइसीसीको पनि ध्यान तानीरहेको बेला हामीले किन यहाँ नलैजाने भने पछि बल्ल यहाँ ल्याउन सफल भइयो ।’

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

नेपाल क्रिकेट काउन्सीलकी कार्यकारी निर्देशक भावना घिमिरेका अनुसार उक्त ट्रफि आज काठमाडौँ पु¥याएर भोली मात्रै चन्द्रागिरी लगिनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.