www.tandavnews.com
Fact ~ In search of truth

‘हामी सिआईडी हौं’ भन्दै लुट्ने सरोज र रसिद प्रहरी फन्दामा

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

गएको कात्र्तिक २ गते दशैँको दिन आफुहरु प्रहरीको गुप्तचर भएको बताउँदै मोबाईल र नगद लुटपाट गर्ने २ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।

कुश्मा नगरपालिका ७ खरेहा कुश्मा नगरपालिका ५ वस्ने १९ वर्षिय सरोज परियार र २७ वर्षिय रसिद दिनले खरेहाका रन्जित पौडेल र अभिषेक परियारलाई आपूmहरु प्रहरीको सिआईडी भएको बताउँदै कुटपिट गरेर सामानहरु लुटेका थिए ।

Batas

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेकाहरुले रन्जित र अभिषेकको साथमा रहेका २ ओटा मोबाईल सेट, साउण्ड सिस्टम र ४५ सय रुपैयाँ नगद लुटपाट गरेर भागेका थिए ।

घटना लगत्तै फरार रहेका उनीहरुलाई खोज तलास गर्दा कात्र्तिक ४ गते लुकीछिपी हिडीरहेको अवस्थामा कुश्मा वजारवाट पक्राउ गरीएको थियो । उनीहरुलाई ४ गते नै चोरी मुद्धा दर्ता गरी सरोजलाई ८ दिन र रसिदलाई ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

लुटेरा सरोज परियार यस अघि २ पटक प्रहरीबाट केही सार्वजनिक अपराध मुद्धा खेपीसकेका व्यक्ति हुन । उनले एक पटक ज्यान मार्ने उद्योगमा पर्वत प्रहरीको मुद्धा खेपीसकेका छन भने अर्को जिल्ला प्रहरी कार्यालय नवलपरासीवाट लागु औषध मुद्धामा मुद्धा दायर भएपछि अनुषन्धान भैरहेको छ ।

यस्तै अर्का लुटेरा रसिद दिन यस अघि जिल्ला प्रहरी कार्यालय पर्वतवाट चोरी मुद्धामा संलग्न भई जिल्ला कारागार पर्वतवाट सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.