www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौँको १८१ रनको लक्ष्य पछ्याउँदै धनगढी

पोखरा
ताण्डव न्यूज । 

पोखरामा जारी पहिलो पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो दिनको दोस्रो खेलमा काठमाडौँ रोयल्सले एक्सपर्ट धनगढीलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ८० रन बनायो ।

Batas

काठमाडौँका लागि भारतिय खेलाडी तोमरले ९५ रनको पारी खेले । ४४ बल सामना गरेका उनले १० छक्का र ४ चौका प्रहार गरे । उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरे ।

नरेश ३६ रनमा नटआउट रहे । २४ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे । यस्तै टोलीका लागि जयकिशन कोल्सावालाले २५ रन जोडे । धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिए ।

अहिले धनगढीले काठमाडौँको बलिङको सामना गरिरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.