www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको तोल्कामा खेलकुद प्रतियोगिता हुदैँ

कास्की ।

कास्कीको पर्यटकिय गाउँ तोल्कामा आगामी कात्र्तिक १४ गते देखी बिबिध खेलकुद कार्यक्रमको आयोजना हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं ७ तोल्कामा सक्रिय रहेको देउराली युवा क्लबले “जब युवा अघि बढ्छ तब देशको बिकास हुन्छ” भन्ने नारा सहित क्लबको १५ औं बार्षिकोत्सब तथा बिबिध खेलकुद कार्यक्रम कात्तिक १४ देखी २० गते सम्म आयोजना गर्न गैरहेको क्लबका संरक्षक भरत गुरुङले जानकारी दिए ।

Batas

उनका अनुसार हिमालय माबिको प्राङ्गणमा सञ्चालन हुने सो कार्यक्रममा साबिक वडा स्तरिय पुरुष भलिबल तथा प्रौढ (३० बर्ष माथि) भलिबल लगायतका बिबिध प्रतियोगिताहरु समाबेश गरिएको छ ।

पुरुष भलिबल तर्फका बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैँया प्राप्त गर्नेे संरक्षक गुरुङले बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार रुपैँया प्राप्त गर्नेछ ।

गुरुङले प्रतियोगितामा बिद्यागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट सेटर तथा उत्कृष्ट स्पाईकर बन्न सफल खेलाडीलाई पुरस्कृत गरिने समेत बताए ।

त्यस्तै प्रौढ तर्फ बिजेता र उपबिजेता टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने बताउदै कार्यक्रम संयोजक कुमार गुरुङले रसी तान्ने, छेलो हान्ने, मेच घुमाई, घैटो फुटाउने तथा मकै गन्ने लगायतका खेलहरु समाबेश गरिएको बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.