www.tandavnews.com
Fact ~ In search of truth

सस्तो बजारलाई महँगो कारवाही हुने

पोखरा
ताण्डव न्यूज ।

मापदण्ड विपरित बनेको पोखरा सस्तो बजारलाई महँगो कारवाही हुने भएको छ । गुण्डा नाइके राजु गोर्खालीको सूर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले पोखरा महानगरपालिकालाई अटेर गरेर भवन संहिता मापदण्ड विपरित बनाएपछि विवादमा आएको थियो ।

गुण्डा नाइकेको आडमा बनाइएको सस्तो बजारलाई अन्ततः महानगरपालिकाले महँगो कारवाही गर्ने निर्णय गरेको हो ।

Batas

असोज ८ गते बसेको महानगरपालिकाको वैठकले नक्सा पास तथा महानगरको अनुमतिविना संचालनमा रहेको सस्तो बजारलाई प्रचलित कानुन बमोजिम जरिवाना गरि जग्गा सम्झौता अवधि पश्चात् संरचना हटाउने गरि नक्सा पास प्रकृया अगाडी बढाउने निर्णय गरेको हो ।

भवनको मापदण्ड पुरा गरेपछि मात्र कारवाहीको प्रक्रिया अघि बढ्ने महानगरपालिकाका प्रमुख मेयर मानहादुर जिसीले बताए । ‘मापदण्ड पुरा गरेपछि जरिवाना लगाउने हो, अझै पनि मापदण्ड पुरा गरेर आएनन् भने भत्काइन्छ,’ उनले भने, ‘पटक पटक अटेर गरेको हुनाले अब महानगर कडा रुपमा अघि बढ्छ ।’

महानगरपालिका अनुसार सस्तो बजारले जरिवाना स्वरुप नक्सा पास गर्न तिर्नुपर्ने करको तिन गुणा बढि रकम तिर्नु पर्ने हुन्छ । जस अनुसार भुई तल्लाको कर तिन गुणा र अर्को तल्लाको अझै बढि लाग्छ । करिब ३० लाख जती रकम सस्तो बजारले जरिवाना तिर्नु पर्ने स्रोतले बतायो ।

‘जरिवाना पनि अहिलेको मापदण्ड पुरा गरेपछि मात्र हो,’ स्रोतले भन्यो, ‘नक्सा पास गर्न आउँदा भवन संहिता मापदण्ड पुरा भए मात्र जरिवानको कुरा हो, नत्र भने भत्काउनु पर्छ ।’

२०७४ फागुन १३ गतेबाट संचालनमा आएको सस्तो बजारले अझैसम्म नक्सा पास गरेको छैन् ।

ताण्डव फलोअप (याे पनि पढ्नुहाेस्)

गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?

गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

सस्तो बजारलाई महँगो कारवाही होला त ?

स्थानीय तहको एक वर्ष, मेयरबाट मारिएको आश

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.