www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल ः सन्दिपको पहिलो जीत, सोमपालको पहिलो हार

पोखरा
ताण्डव न्यूज ।

अङ्कतालिकाको शीर्ष स्थानको बुटवललाई १२ रनले पराजित गर्दै विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिगमा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।

आज भएको दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनायो । विराटनगरका लागि मुहम्मद जाइद आलमले ७२(४५) रनको आकर्षक पारी खेल्दा प्रदिप एरीले पनि ४१(४३) रनको योगदान दिए । बलिङतर्फ बुटवलका ललित भण्डारीले सर्वाधिक २ विकेट लिए पनि अन्तिम ओभर बलिङ गर्ने क्रममा घाइते हुन पुगे । विपिन खत्री, सम्सेद सेख र सागर पुनले पनि १-१ सफलता प्राप्त गरे ।

Batas

जवाफमा १४१ रनको लक्ष्य लिएर उत्रेको बुटवल ब्लास्टर्सका विदेशी खेलाडी ब्याटिङमा जम्न नसक्दा हार बेहोर्न पुग्यो । उसका लागि सागर पुनले २९(३३) रन बनाउँदा भिम सार्कीले ५०(४२) रनको अर्धशतकीय योगदान दिए । शङ्कर रानाले २३(१६) तथा सिद्धान्त लोहनीले १५(६) तेज रन बनाएर टिमलाई लक्ष्य नजिक पुर्याए पनि माथिल्लो क्रमका खेलाडीले धेरै डट बल खेलेका कारण जीत दिलाउन असफल रहे ।

अन्तिम ओभरमा जीतका लागी लागि १३ रन बाकिँ रहेको स्थितिमा किशोर महतोले शानदार मेडन ओभर फ्याल्दै विराटनगरलाई १२ रनको जीत दिलाए । महतो र सन्दीप लामिछानेले २-२  विकेट लिएपछि बुटवल २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमा सीमित रह्यो ।

यससँगै विराटनगरले ४ खेलबाट २ अङ्क हासिल गर्दै प्रतियोगितामा आफुलाई गणितीय रुपमै भए पनि जीवितै राखेको छ । बुटवलको भने ३ खेलबाट ४ अङ्क छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.