www.tandavnews.com
Fact ~ In search of truth

भूकम्पको केन्द्र विन्दु गोरखामा ४० हजार घर बने, अझै २० हजार बाँकी

पोखरा
ताण्डव न्यूज ।

भुकम्प गएको ४२ महिना वित्दा गोरखामा ४० हजार २ सय ७१ घर निर्माण सम्पन्न भएका  छन् । निर्माण सम्पन्न भएका उक्त घरधुरीले तेस्रो किस्ताको  एक लाख रकम पनि पाइसकेका छन् । कुल ७० हजार ४ सय ८१ लाभग्राही   रहेको  जिल्लामा ६१ हजार ५ सय ६४ जनाले पहिलो किस्ताको ५० हजार लिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार एकाईले जनाएको छ ।

५२ हजार ३ सय ३४ जनालाइ दोस्रो किस्ता निकासा भएको एकाई प्रमुख रामकुमार श्रेष्ठले बताए । पछिल्लो समय निजी आवासको कामले तिव्रता पाएको उनको भनाइ छ । बर्षातका कारण प्रभावित बनेको पुननिर्माणको कामले   विस्तारै गति लिइरहेको छ । बर्षातले कच्चि सडक अवरुद्ध हुदाँ निर्माण सामाग्री ढुवान हुन सकेको थिएन ।

Batas

बर्षात सकिएसँगै अहिले पुननिर्माणको सामान ढुवानीमा सहज भएको पीडितहरुले बताएका छन् । हाल सम्म लाभग्राहीमा नाम छुटेका १६ हजार भुकम्प पीडितले गुनासो फारम भरेको श्रेष्ठले जानकारी दिए । ति मध्ये १२ हजार तीन सय जनाको घर सर्वेक्षण भएको र उनीहरुमध्ये ६ हजार ९ सय ४५ जनाको गुनासो सम्बोधन भएको उनले बताए । हाल सम्म पाँच हजार ३३ जना भूकम्प पीडितको नाम प्रवलिकरणमा प्रकाशित भएको उनले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.