www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा सुरु भयो प्याराग्लाईडिङ विश्वकप, पहिलो हुनेलाई १५ सय यूरो

पोखरा
ताण्डव न्यूज
नेपालमै पहिलो पटक स्याङजाको भीरकोटमा नेपाल प्याराग्लाइडिङ एकुरेसी वल्र्ड कप सुरु भएको छ । नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाईडिङ्ग वल्र्ड कप भएको हो ।

बिहिबारबाट सुरु भएको प्रतियोगितामा २१ देशका १२० जना प्याराग्लाइडिङ पाइलटहरुले सहभागिता जनाएका छन् । नेपालसँगै भारत, चिन, अमेरीका गरी २१ देशका १ सय २० जना पाइलटहरुले प्रतियोगिताको सहभागि जनाउने मुल आयोजक समितिका सदस्य अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुनेछ । बिहीबार सुरु भएको वल्डकपमा प्रतियोगिताको औपचारिक प्रतिष्प्रर्धा भने शुक्रबार देखि हुनेछ । बिहिबार प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गरे ।

Batas

‘स्याङ्जाले प्रतियोगिता सँगै अन्तराष्ट्रिय स्तरमा थप चिनारी आजबाट थपेको छ,’ उनले भने, ‘साहसिक खेलकुदको माध्यमबाट स्याङ्जाले आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने विश्वास छ । स्थानिय निकायमा खेलकुदग्राम तथा रंगशाला निमार्ण गर्न जोड दिने र स्थानीय तहले अनिवार्य ३० प्रतिशत लगानी गर्ने वातावरण बनाउन म प्रयास गर्नेछु ।’ उनले ग्रामका लागि ७० प्रतिशत रकम मन्त्रालयले उपलब्ध गराउने समेत बताए । कार्यक्रममा स्याङजा बजार, बयरघारी देखि विभिन्न ठाँउमा खेलाडीहरु सहितको टोलीलाई बाजागाजा सहित फुल मालाले स्वागत गरिएके थियो ।

जिल्ला समन्वय समिति स्याङजाको अगुवाईमा भिरकोट नगरपालिका सहितका स्थानिय निकाय एवं विभिन्न संघ संस्थाको सहयोगमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा एक सय ५० जना सम्मका खेलाडीहरु सहभागि गराउन सकिने भएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए ।

विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीय तहको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । भीरकोटबाट उँडेको पाइटलले एकै ठाउँमा छ पटक ल्याण्ड गर्नुपर्नेछ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.