www.tandavnews.com
Fact ~ In search of truth

बलेवा एयरपोर्ट : एकै दिन ५६ हजार घाटा ,८ महिनामा ११ लाख

संजय रेग्मी / ताण्डव न्युज
पर्वत ।

अपुग यात्रुको अभावमा हवाई कम्पनीलाई हर्जाना तिर्दै आएको बागलुङ नगरपालिकाले बिहीबारको उडानमा एकै दिन ५६ हजार रुपैयाँ घाटा ब्योहोरेको छ।

बागलुङको बलेवामा रहेको बलेवा बिमानस्थल पुनसंचालन गर्नको लागि बागलुङ नगरपालिकाले हवाई कम्पनीसंग उडानको क्रममा जति जना यात्रुको अभाव हुन्छ, त्यती जनाको भाडा नगरपालिकाले तिर्ने सम्झौता गरेको छ। सम्झौता अनुसार एक उडानमा १२ जना यात्रु हुनुपर्ने छ।

Batas

तर आजको उडान अन्र्तग काठमाण्डौ–बलेवा उडानमा ११ र बलेवा–काठमाण्डौ उडानमा ३ जना मात्र यात्रु थिए । दुवैतर्फ गरी १४ जना मात्र यात्रु भएपछि बाँकी १० जना यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्नु परेको हो।

विमान अभावका कारण बीचमा झण्डै तीन महिना उडान रोकेको नेपाल एयरलाईन्सले चाडपर्वको समयलाई लक्षित गरि असोज २५ गतेदेखि पुन उडान सुचारु गरेको थियो।

दशैको समयमा नियमित उडानको अलाबा साताको दुई उडान गर्ने बायु सेवा निगमले अनुमति दिएको भएपनि यात्रु अभावका कारण हुन नसकेको नागरिक उड्डयन कार्यालय बलेवाका प्रमुख सुर्य बहादुर खत्रीले जानकारी दिए। खत्रीका अनुसार नियमित उडान शुरु भएपनि दुवैतर्फ पर्याप्त यात्रु संख्या पुग्न नसकेको हो।

अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि २०७४ चैत ९ गतेदेखि बिमानस्थल सुचारु भएको थियो। नगरपालिकाले अपुग यात्रुहरुको हर्जना तीर्नका लागि तारा एयर र नेपाल एयरलाईन्सलाई १०÷१० लाख गरी २० लाख अग्रिम भुक्तानी गरेको थियो। अहिलेसमम उक्त सम्झौता कायमै रहेको छ।

नेपाल एयरलाईन्सले हालसम्म १५ र तारा एयरले असार सम्म १२ वटा उडान भरेको छ। नगरपालिकाले हालसम्म अपुग भएका यात्रुहरुको मात्रै ११ लाख भन्दा बढि रकम एयरलाईन्सहरुलाई बुझाएको छ।

नेपाल एयरलाईन्सको उडान भाडा प्रति यात्रु ५ हजार ६ सय कायम गरिएको छ भने तारा एयरका लागि ६ हजार ७ सय ९५ रहेको छ। २०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ बर्षदेखी बन्द रहेको थियो।

बलेवादेखी काठमाण्डौं सम्म ४५ मिनेटमा पुग्न सकिन्छ। दुवै कम्पनीले नियमित उडान गर्ने र केहि भाडादरमा केहि सहुलियत गरी यात्रुको भाडा केहि प्रतिशत नगरपालिकाले व्यहोर्ने भएमा यात्रुको संख्या बढाउन सकिने कार्यालय प्रमुख खत्रीको भनाई छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.