www.tandavnews.com
Fact ~ In search of truth

देउसीभैलोको पैसा विद्यार्थीले दिए शिक्षकलाई तलब

म्याग्दी ।

देउसीभैलोबाट सङ्कलित रकम वनभोज सहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला म्याग्दीका एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् ।

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर ६ लाख भन्दा बढी रकम जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

Batas

आधारभूत देखि माविस्तर सम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसी भैलो मार्फत उक्त रकम जुटाएका शिक्षक यामप्रसाद विश्वकर्माले बताए ।

“मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,” उनले भने, “निजी स्रोतका शिक्षकको तलब भत्तामा वार्षिक १० लाख खर्च हुन्छ ।” विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ ।

लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताए ।

मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहमा समेत समस्या छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.