www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोभिशिल्ड खोपको साइड इफेक्ट, ४ सय ४७ जना बिरामी

नयाँदिल्ली,
ताण्डव न्यूज ।

भारतमा कोरोना विरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको पुष्टि गरेको छ । मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरि १६ जनवरीका दिन खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको र ३ जना अस्पताल भर्ना भएको जानकारी दिएको हो ।

Batas

खोप लगाएपछि निगरानीमा रहेकाहरुमध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले खोप लगाइसकेपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएमा त्यसलाई गम्भीर भन्न सकिने उल्लेख गर्दै हालको अवस्थामा जम्मा ३ जनालाई मात्रै अस्पताल भर्ना गरिएकाले यसलाई गम्भीर भन्न नमिल्ने बताए ।

उनले खोप लगाएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने र मन आत्तिने जस्ता समस्या देखिएको पनि बताए । स्वास्थ्य सचिव अगनानीका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइसकिएको छ । भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ५७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् एक लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.