www.tandavnews.com
Fact ~ In search of truth

पोखरा जेसिजद्धारा विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा ।

पोखरा जेसिजले मणिज्योती आधारभुत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका १८ सराङकोट स्थित विद्यालयलाई माक्स, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Batas

कोरोना भाइरसका कारण विद्यालय बन्द हुदाँ विद्यार्थीलाई असर गरिरहेकाले जेसिजले शिक्षाको क्षेत्रमा सहयोग गरेको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले कोभिडको कारण विधार्थी र शिक्षक विच बढेको दुरीलाई चिर्नको लागी स्वास्थ्य सामाग्री महत्वपुर्ण आधार रहेको औल्याए ।

विद्यालयमा सचेतनामा सिकाएका कुरालाई घरमा गएर समेत लागु गर्न थापाले अनुरोध गरे ।संस्थाले अघि सारेको सप्ताह कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष थापाले सुरक्षित भएर विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बताए ।

सोहि क्रममा बोल्दै पोखरा जेसिजका अध्यक्ष शिवप्रशाद सापकोटाले विद्यालय र जेसिजबिच गहिरो सम्बन्ध रहेको बताए । अनलाईन शिक्षा सबैको पहँुचमा नभएको बताउँदै उनले स्वास्थ्य सामग्रीको उचितम प्रयोग गरी अघि बढ्नुपर्ने धारणा राखे ।

सप्ताहव्यापी कार्यक्रमका संयोजक मिनराज खड्काले विद्यालयलाई सहयोग गर्न पाउँदा खुःसी लागेको बताए । त्यस्तै स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमकी संयोजक विनु श्रेष्ठले कोरोनाको कारणले बालबालिकामा नकरात्मक असर पर्न सक्ने बताउँदै उनीहरुलाई दैनिक रुपमै अध्ययन गराउन आग्रह गरिन ।

जेसिजले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.