www.tandavnews.com
Fact ~ In search of truth

हुण्डी कारोबारी ज्ञवालीलाई काठमाण्डौं पठाइने

पोखरा
ताण्डव न्यूज ।

हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेका नेत्रलाल ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाण्डौं पठाउने भएको छ ।

पोखरा–८ सभागृहचोकमा रहेको लुम्बिनी मनी ट्रान्सफरका संचालक ज्ञवालीलाई थप कारवाहीको लागि राजस्व कार्यालय काठमाण्डौं  पठाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

Batas

‘यहाँको अनुसन्धान प्रक्रिया सकियो अब आज हामी उनलाई काठमाण्डौ पठाउदै छौ,’ उनले भने, ‘यो मुद्दा राजस्व अन्तरगत पर्ने भएको हुनाले हामीले उनलाई पठाउन लागेका हौं ।’

ज्ञवालीलाई ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराको आरआईटी टोली र कास्की प्रहरीले कार्तिक ३० गते १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

गुल्मी सत्यवती गाविस–४ घर भई हाल पोखरा–८ बस्दै आएका ५१ वर्षीय संचालक ज्ञवाली, कर्मचारी प्रकाश थापा, उनीहरुले प्रयोग गर्ने मोबाईल, कम्प्युटर र कागजात प्रहरी नियन्त्रणमा छ ।

पढ्न सिफारिस

पोखरामा हुण्डी कारोबारी ज्ञवाली पक्राउ

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.