www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्स लैजाने भन्दै जर्मन सेक्यूरिटी सर्भिसले ठग्यो

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१० बुद्धचोकमा रहेको जर्मन सेक्यूरिटी सर्भिस प्रालिले फ्रान्स लैजाने भन्दै रकम ठगि गरेको आरोप लगेको छ ।  सुवित हमाल र राजन गुरुङलाई फ्रान्स लैजाने भन्दै संचालक इराक गुरुङले रकम ठगि गरेको भनी उजुरी परेको हो ।

हमाल र गुरुङलाई फ्रान्स लैजाने भन्दै इराक गुरुङले रकम ठगि गरेको उजुरी परेको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीले जनाएको छ ।

Batas

उनीहरुबाट वैशाख २५ गते गुरुङले रकम लिएको पीडित सुवितले ताण्डव न्यूजसँग बताए । ‘हामीलाई ३ महिना भित्र फ्रान्स लैजान्छु भन्दै एक जनासँग १ लाख ५० हजार रुपैया लिएका थिए,’ उनले गुनासो गरे, ‘यति महिना भई सक्यो पासपोर्ट र पैसा पाएका छैनौ, अहिले उनी सम्पर्क विहिन छन्, अफिसमा जादा उनको बुवा मात्र भेटिन्छन् ।’

यस विषयमा बुझ्नको लागि इराक गुरुङको फोन नम्बरमा कल गर्दा उनको वुवा तथा प्रालिका प्रोपाइटर तर्कबहादुर गुरुङले फोन उठाउछन् ।
तरर्कबहादुरका अनुसार छोराले धेरैको रकम लिएको पाइयो ।

‘अफिस मेरो नाममा छ, छोराले के ग¥यो पतो छैन,’ उनले भने, ‘जे कारवाही गर्नु छ उसैलाई गरे हुन्छ ।’ घर सम्पर्कमा नआएको ६ महिना वितिसकेको वुवा गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.