www.tandavnews.com
Fact ~ In search of truth

घरेलु मदिरा निरुत्साहित गर्न प्रहरी परिचालन

वालिङ ।

जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

“जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइका साथ घरेलु मदिरा नियन्त्रण गर्न परिचालन गरेका छौँ”, उनले भने , “आगामी दिनमा पनि घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणलाई निरुत्साहित गर्न कडाइका साथ कदम चालिने छ ।”

Batas

प्रहरीले शुरुमा घरेलु मदिरा उत्पादन नगर्न आग्रह गर्ने तर पटक–पटक मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइए कानूनी दायरामा ल्याउने जनाएको छ ।

यसैबीच प्रहरीले मङ्गलबार स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकाका बजारक्षेत्रका भट्टी पसलबाट ५५ लिटर घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ ४५० लिटर र भाँडाकुँडा बरामद गरी स्थानीयवासी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा नष्ट गरेको थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.